तुलसीपुरमा जारी महोत्सवमा शुक्रबार रमेशराज-सहिमा श्रेष्ठ लगायतका कलाकार आउदै
तुलसीपुर । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको प्रथम लुम्बनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा दर्शक बढ्दै गएका छन् । गएको मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवको पाँचौ दिन विहिवार दर्शकहरुले भरपुर मनाेरञ्जन लिएका छन ।
आज मेलाको पाँचौ दिन चर्चित गायक रामजी खाँड, पुस्कल शर्मा, मञ्जु पौडेल लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको आयोजकले जनाएको छ । यसैबीच भाेलि पुस १ गते गायक रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ लगायतको प्रस्तुति रहने छ भने कार्यक्रमकाे सञ्चालन ढाकाराम पाैडेलले गर्नेछन् । तुलसीपुरमा अत्याधुकि पुस्तकालय स्थापनाका लागि युथ्स अफ तुलसीपुरले सञ्चालन गरेको महाेत्सव पुस ६ गतेसम्म चल्ने अध्यक्ष अरुण लहरेले जानकारी दिए ।




तपाईंको प्रतिक्रिया