दर्शककाे माग बढेपछि महाेत्सव तीन दिन थपियाे

 पुष ०६, २०७९

दाङ। तुलसीपुरमा जारी महोत्सवको समय तीन थप गरिएको   छ । तुलसीपुरमा पुस्तकालय स्थापना गर्नो उदेश्यले युथ्स अफ तुलसीपुरका आयोजनामा प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि पर्यटन महोत्सवको समय पुस ९ गते थप भएको हो । दर्शकको माग बढे पछि समय थप गरिएको आयोजक सस्था युथ्स बफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए । यस अघि पुस ६ गते सम्म सञ्चालन हुने भनिएको थियोे ।

महोत्सवमा बुधवार गायक बद्री पङ्गेनीले दर्शकलाई छमछमि नचाएका थिए  । यस्तै माेडल अञ्जलि अधिकारीले दर्शकलाई भरपुर मनाेरञ्जन प्रदान गरेकि थिइन । महाेत्सवमा भाेलि प्रमाेद खरेल , गायिका टीका सानू लगायतको प्रस्तुति रहने आयाेजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया