महोत्सवको १४औं दिन आज गायिका एलिना चौहान आउदै

 पुष ०९, २०७९

तुलसीपुर । तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको १४ औं दिन आज गायिका एलिना चौहान आउदै छिन । गायिका चौहानसंगै गायक तथा मोडल रोशन सिंह, लोकदोहरी गायक तथा उद्घोषक दिपक खड्का,गायक प्रेमविवश घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

गएकाे मङ्सिर २५ गते देखि जारी महोत्सव पुस ११ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया