सुनाखरी तुलसीपुर सिकाई मेलाको तयारी पुरा

 पुष १३, २०७९

तुलसीपुर । ‘सुनाखरी तुलसीपुर सिकाई मेला’ २०७९ को तयारी पुरा भएको छ । तुलसीपुर ७ स्थित माबि कालाखोलामा भोली पुस १४ गते सञ्चालन हुन लागेको सिकाई मेलाको तयारी पुरा भएको सञ्चार उपसमिति संयोजक लक्ष्मी न्यौपानेले जानकारी दिएकि छिन । कार्यक्रम स्थलमा स्टेज देखि स्टलसजावटको काम सम्पन् भएको उनले जानकारी दिएकि छिन ।

उपमहानगर भित्रका विभिन्न ८ वटा विद्यालय र उपमहानगरको संयुक्त आयोजनामा तथा टिच फर नेपालको प्राविधिक सहयोगमा एकदिने सिकाई मेला सञ्चालन हुन लागेको हो । मेलामा तुलसीपुरका विभिन्न विद्यालयका विद्यार्थीले आफुले गरेका परियोजना कार्य प्रर्दशनमा राख्ने छन ।

मेलामा विद्यार्थीहरुले तयार पारेका सामग्रीका स्टल र पेशागत सहायक सामग्रीका रहने आयोजक विद्यालयका प्रधानाध्यापक राजिव ओझाले जानकारी दिएका छन । मेलामा उपस्थित भई अवलोकन गर्नका लागी विद्यालयले सबैमा अनुरोध समेत गरेको छ ।

 

तपाईंको प्रतिक्रिया