रुपन्देहीको रोहिणी गाउँपालिकाका विद्यालय एक सातासम्म बन्द

 पुष १८, २०७९

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक सातासम्मका लागि बन्द हुने भएका छन् । जाडो बढेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरू बन्द रहने जनाएको छ ।

तपाईंको प्रतिक्रिया