सामुदायिक विद्यालय सुधारको लागी सबै जिम्मेवार बन्नुपर्छ: नगर प्रमुख

 पुष २६, २०७९

बसन्त परियार, तुलसीपुर, २६ पौष । सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागी सबै जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयको अभिभावक भेला तथा भवन उद्घाटन समारोहमा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन । उनिहरुले सामुदायिक विद्यालयको अवस्थालाई माथि उकास्नको लागी शिक्षक सगैं अभिभावक र समाजको पनि महत्वपुर्ण भुमिका हुने बताएका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा नगर प्रमुख खड्काले रिबन काटेर ४ कोठे भवनको उद्घाटन समेत गरेका थिए । राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख बजेटबाट भवन हालै सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले शिक्षाले अन्धकार हटाएर उज्यालो तर्फको यात्रामा अघि बढाउने हुदा यस तर्फ सबैको ध्यान जानुपर्ने बताएका थिए । उनले सामुदायिक विद्यालय सुधारको जिम्मा सबैले लिए मात्रै सफल भईने बताएका थिए । साथै नगरलाई उत्कृष्ट शिक्षाका रुपमा विकास गरिने उनले बताएका थिए ।

यस्तै विशिष्ठि अतिथी सामाजिक विकास समितिका संयोजक रावतले विद्यालयलाई उत्कृष्ट बनाउन राजनितिक दल संगै अभिभावक पनि सचेत भई अघि बढ्नुपर्ने बताएका थिए । साथै आफु विद्यालयको अध्यक्ष हुदा थुप्रै्र महत्वपुर्ण कामहरु गरेको स्मरण गर्दै उत्कृष्ट विद्यालय बनाउन लागिपर्ने बताएका थिए ।

विद्यालयका माध्यमिक तह संयोजक यज्ञ बहादुर अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षा महाशाखा तुलसीपुरका प्रमुख चक्र बहादुर भण्डारी, कांग्रेसका वडा ईकाइ सभापती हेम बहादुर वली,एमालेका वडा कमिटि सचिव सोमिलाल चौधरी,शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधर डाँगी,जग्गादाताको तर्फबाट केदार प्रसाद आचार्य,वि.ब्य.स.सदस्य होताराम बस्नेत लगायतले बोल्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको विषय प्रबेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन निमावि तह संयोजक शिक्षक निर्मल कुमार वलीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिक्रिया