अमर माध्यमिक विद्यालयको अध्यक्षमा बस्नेत

 पुष २६, २०७९

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयको अभिभावक भेला तथा भवन उद्घाटन समारोह सम्पन्न भएको छ । अभिभावक भेलाले सर्वसम्मत रुपमा विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ । होताराम बस्नेतको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो ।

जस्को सदस्यहरुमा चुर्ण बहादुर रावत,पदमा केसी, अर्जुन बस्नेत र गिता चौधरी रहेका छन । यस्तै निरा चौधरीको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

तपाईंको प्रतिक्रिया