ट्राफिक प्रमुख हुदा परियारले गरेका काम यस्ता छन्

 माघ ०५, २०७९

तुलसीपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका  प्रमुख झबिन्द्र परियारको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीसहित १४ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको हो । परियार गत चैतमा जिल्लाको प्रमुख भएर आएदेखि नै दुर्घटना न्यूनीकरणका लागि थुप्रै अभियान समेत चलाएका थिए । यसैविच, सरुवा भई जान लागेका प्रहरी निरीक्षक परियार संग जनमुखी खवरले तीन प्रश्न गरेको छ ।

यहालाई स्वागत छ जनमुखी संवादमा ।
धन्यवाद ।

दाङ जिल्ला ट्राफिक प्रमुख हुदा के कस्ता कामहरु गर्नुभयो ?

म चाहि गत चैतमा कार्यालय प्रमुखको रुपमा आएको थिए । नेतृत्व लिईसकेपछि यहाको समस्या के हो ? आफुले गर्ने कामहरु के के हुन ? जनताको समस्याहरु कसरी समाधान गर्न सकिन्छ ? भन्ने कुरालाई नै लिएर मैले अघि बढाएको थिए । मुलत दुर्घटना न्युनिकरण मेरो पहिलो प्राथमिकता थियो । यसका लागी विभिन्न विद्यालय, कलेजमा पुगेर विद्यार्थीलाई तथा सर्वसाधरणमा सचेतनामुलक कार्यक्रमहरु गरेउ । जिल्लामा बर्सेनि दुर्घटना हुदा धेरैको ज्यान जाने गरेका हुदा न्युनिकरण गर्ने कार्यमा लागे ।

चालकका श्वास्थ्य जाच्नुका साथै विभिन्न स्थानमा शन्देशमुलक ब्यानर राखेका छौं । यस्तै जिल्लाका १८ युनिटले दैनिक रुपमा सवारी चेकजाच गर्दै चालकलाई सचेत बनाउने काम भैरहेका छन । फलस्वरुप दुर्घटनाको दर घट्दो क्रममा रहेको छ । अहिलेपनि हाम्रो तथ्यांक हेर्ने हो भने घट्दो क्रममा रहेको छ । जस्तो गएको बर्ष २ सय बढि स्थानमा सवारी दुर्घटना भएका थिए भने अहिले वितेको ६ महिनामा ७० स्थानमा दुर्घटना भएका छन ।

यसका साथै कार्यालयको ब्यवस्थापनको पनि कामहरु भएका छन । ट्राफिक कार्यालयको परीसरमा विभिन्न ब्यक्तिको सहयोगमा दुर्गा भगवती मन्दिर निर्माण गरिएकोे छ । नेतृत्वमा रहदा गर्ने चाहाना भए सम्भव हुदो रहेछ भन्ने उदाहरण हो जस्तो लाग्छ मलाई । यस्तै भर्खरै मात्रै कार्यालय परीसरमा ७०० बर्ग मिटर भुई पिच भएको छ । वर्षायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुदा घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग कालोपत्रे कार्य सम्पन्न भएको छ ।

प्राङ्गणलाई पिच गर्न इन्जिनियरसंग स्टिमेट गराउदा १० लाख बढि लाग्न बताएपछि विभिन्न सहयोगी दाताको सहयोगमा यो काम भएको हो । अहिले कार्यालय परीसर राम्रो भएको छ । यी बाहेक जनताका समस्या समाधान गर्नु त चलिरहने प्रक्रिया हुन ।

यहाको ट्राफिक व्यवस्थापनमा के चुनौती देख्नुहुन्छ ?
मुख्य कुरा त सडक नै देखीन्छ । बढ्दो सवारी चाप त्यसमा सडक साघुरो छ । त्यसमाथि निर्माण हुन लागेको सडकले झनै समस्या देखिएको छ । बजार क्षेत्रमा पार्किङको पनि उत्तिकै समस्या छ । बाटो क्रसका लागी ठाउ ठाउमा जेव्राक्रसिङ बनाइएको छ । तर अझै पनि जथाभावि सडक पार गर्ने परीपाटि पनि छ । यसमा सुधार त आउछ नै तर अलिक समय लाग्छ ।

सरुवा भई जादा कस्तो महशुस भएको छ ?
होईन, सरुवा त नियमित चलिरहने प्रक्रिया हो । जनताको सेवक भएपछि म जहापनि गएर सेवा गर्नु पर्छ नै । जे होस यहा छदा मैलै राम्रो गरे जस्तो लाग्छ । बाकि मुल्यांकन त यहाहरुले नै गर्नुहुन्छ नै ।

तपाईंको प्रतिक्रिया