अमर माध्यमिक विद्यालय लुम्बिनी प्रदेशमा उत्कृष्ट

 माघ ०६, २०७९

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयले लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले आज प्रकासित गरेको डिप्लोमा तह कृषि पशु विज्ञान प्रथम बर्षको नतिजामा प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको । हो । प्रदेशका १४ शिक्षालय मध्ये सत प्रतिशत नतिजा ल्याई उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए ।

परीक्षामा सहभागी भएका २७ जना विद्यार्थी उत्तिर्ण भएको उनले जानकारी दिएका छन । यस अघि तेस्रो बर्षको नतिजामा पनि विद्यालयले सतप्रतिशत नतिजा निकालेको थियो । २०७६ देखि सञ्चालनमा आएको पशु विज्ञान कार्यक्रमको पहिलो ब्याच अन्तर्गत २४ जनाले नै डिप्लोमा तह पास गरिसकेको कार्यक्रम संयोजक डा.छविकिरण अधिकारीले बताए ।

 

तपाईंको प्रतिक्रिया