चलचित्र पत्रकार संघ दाङ शाखामा नयाँ कार्यसमिति चयन

 माघ ०९, २०७९

दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत चयन हुनु भएको छ । संघको सोमबार भएको पाँचौ अधिवेशनले केसीको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको छ । जसमा पूर्ण के.सी र दिपक कुमाल बिच प्रतिस्पर्धा भएको हो । निर्वाचनबाट के.सी निर्वाचित हुनु भएको छ । २५ जना मतदाता रहेकोमा उपाध्यक्ष पदका लागि १४ मत खसेको हो । निर्वाचित के.सीले ८ मत प्राप्त गर्नुभएको छ भने कुमालले ६ मत प्राप्त गर्नुभएको हो ।

त्यसैगरी संघको सचिवमा निरला अर्याल गैरे, सहसचिव तिर्थराज चौधरी, कोषाध्यक्ष भुपेश वली सर्वसम्मत चयन हुनु भएको छ । यस्तै सदस्यमा आशिष केसी, रमेश सुनार, झग्गु भण्डारी र एकराज भण्डारी रहनु भएको छ ।

दाङ शाखाको अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा नायक रमित ढुंगानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा नगरप्रमुख खड्काले चलचित्र छायाङकनको लागि दाङमा प्रशस्त संम्भावना रहेको भन्दै चलचित्रको माध्यमबाट दाङलाई चिनाउन चलचित्र कर्मीहरुलाई आग्रह गर्नुभयोे ।

 

तपाईंको प्रतिक्रिया