चलचित्र पत्रकार संघकाे बैठक, सल्लाहकारमा कुमाल चयन

 माघ ११, २०७९

तुलसीपुर । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको  बैठक बसेकाे छ । पाचौ अधिबेशन बाट बनेको नयाँ कार्यसमितिले पहिलो बैठक मार्फत संस्थाको सल्लाहकारमा दिपक कुमाललाई चयन गरेको छ ।  पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा बसेको बैठकले उनलाई सल्लाहकारमा चयन गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य समेत रहेका कुमाल यस अघि संस्थाको कार्यसमिती सदस्य पदमा रहेर काम गरिसकेका छन ।

यस्तै बैठकले चलचित्र पत्रकार संघ नेपाल दाङ शाखालाई क्रियाशिल बनाई अघि बढाउन पहिलो एक बर्षको कार्ययोजना समेत निर्माण गरि अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ भने जिल्ला अधिबेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिएको छ । बैठकमा पुर्व अध्यक्षहरु ध्रुवराज न्याैपाने, शिव पुन लगायतको उपस्थिति थियोे ।

तपाईंको प्रतिक्रिया