अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रबेश

 माघ १४, २०७९

रुपन्देही । अभिनेत्री तथा मोडल एलिजा गौतम शनिवार रुपन्देही आएर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । तराईमा खासगरी थारु बाहुल्य क्षेत्रमा नयाँ खुलेको पार्टीमा एलिजाको प्रवेशले उनलाई थप चर्चामा ल्याएको छ ।

कलाकारिता र अभिनयमा सफल हुन नसकेकी गौतम भूगोल केन्द्रित राजनीतितर्फ कसरी आकर्षित भइन् भन्ने विषयले अहिले चर्चा पाएको हो । रेशम चौधरी संरक्षक रहेको पार्टीमा प्रवेशले कलाकारहरूमा एउटा तरंग ल्याइदिएको छ ।

गौतमलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले पार्टीमा भित्र्याएकी हुन् ।  एलिजा पाँच वर्षअघि फिल्म ‘अनुराग’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

अध्यक्ष रञ्जिताले गौतमलाई पार्टी प्रवेश गराउँदै महत्त्वपूर्ण जिम्मेवारी दिने बताइन् । तर उनले एलिजालाई दिने जिम्मेवारी टुंगो नलागेको जनाएकी छन् ।

तपाईंको प्रतिक्रिया