अमर माविले ५५औं वार्षिकोत्सब मनाउँदै

 माघ १६, २०७९

तुलसीपुर । तुलसीपुर – ११ स्थित अमर माध्यमिक विद्यालयले आफ्नो ५५औं बार्षिक उत्सव विविध कार्यक्रम गरि मनाउँदै छ । यहि माघ १७ गतेका दिन समारोहकाे उद्घाटन हुने प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए । कार्यक्रमकाे उद्घाटन सामाजिक विकास समितिका संयाेजक तथा ११ नम्बर वडाध्यक्ष मान बहादुर रावतले गर्ने छन् ।

त्यस अवसरमा विद्यार्थीले सदनात्मक  मार्चपास गर्नेछन् । प्रधानाध्यापक वलीका अनुसार भाेलि उद्घाटन पश्चचात खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु हुनेछन् । विविध प्रतियाेगितामा सहभागी विद्यार्थीलाई पुरस्कृत गरि बार्षिक उत्सव समारोहकाे  २१ गते समापन हुने छ  । समापनकाे अवसरमा पुर्व अध्यक्ष र पुर्व प्रधानाध्यापकहरुलाई कदर पत्र सहित सम्मान गरिने छ ।

यसैबीच,  कार्यक्रममा उपस्थितिकाे लागि निमन्त्रणा गर्ने काम   जारी रहेको प्रचारप्रसार समितिका संयाेजक रहेका शिक्षक निर्मल कुमार वलीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया