वार्षिकोत्सब तथा खेलकुद सप्ताहको उद्घाटन

 माघ १७, २०७९

तुलसीपुर । तुलसीपुर – ११ स्थित अमर माध्यमिक विद्यालयले आफ्नो ५५औं वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाउँन थालेको छ । आज वार्षिक उत्सव तथा खेलकुद सप्ताह समारोहको उद्घाटन भएको छ । उक्त समारोहको ११ नम्बर वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले गरेका हुन । उद्घाटन गर्दै प्रमुख अतिथि रावतले खेलकुदका माध्यमबाट विद्यार्थीलाई लगनशिल बनाउन थप मदत गर्ने बताएका थिए । खेलका माध्यमबाट राष्ट्रको नाम चिनाउन सकिने भएकाले विद्यालयको विकासमा टेवा पुग्ने उनले बताएका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद शिक्षक डम्बर भण्डारीलाई प्रमुख अतिथिबाट फुटवल हस्तान्तरण भएको थियो । प्रधानाध्यापक पदम बहादुर वलीले स्वागत गर्दै अतिरिक्त क्रियाकलापका बारेमा जानकारी दिएका थिए । उनका अनुसार विद्यालयमा फुटवल,भलिवल,दौड,हाईजम्प,लङजम्प,हिसाव दौड, हाजिरी जवाफ,अभिभावकका विचमा घैटाफोड लगायतका प्रतियोगिता रहेका छन ।

समापनको अवसरमा पुर्व अध्यक्ष र पुर्व प्रधानाध्यापक, चन्दादाता हरुलाई कदर पत्र सहित सम्मान गरिने प्रचार प्रसार समितिका संयोजक निर्मल कुमार वलीले जानकारी दिएका छन  । उद्घाटन कार्यक्रमको सहजिकरण शिक्षक देव बहादुर वलीले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया