सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सबै जिम्मेवार बन्नुपर्छ: अध्यक्ष विश्वकर्मा

 माघ २१, २०७९

तुलसीपुर । राष्टिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सबैको जिम्मेवारी रहेको बताएका छन । तुलसीपुर – ११ स्थित अमर माध्यमिक विद्यालयले आफ्नो ५५औं वार्षिक उत्सव समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देशका विभिन्न स्थानका विद्यालयहरु आज देशमै नमुना बनेको उदाहरण दिदै समाज, विद्यार्थी र शिक्षकको लगानिमा विद्यालय उत्कृष्ट बन्ने उनले बताएका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा राष्टिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्य एवं नगर प्रमुख टिकारा खड्का,सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको विशिष्ठ आतिथ्यमा समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले विद्यालय लाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सबैको भुमिका महत्वपुर्ण हुने बताएका थिए । अमर माविले पछिल्लो समय शिक्षामा फड्को मार्दै गएको हुदा यसलाई निरन्तरता दिनुपर्ने उनिहरुले बताएका थिए । शिक्षक यज्ञ बहादुर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजसेवि तथा बुद्धिजिवी तिलक बहादुर बस्नेत, जग्गादाताबाट केदार प्रसाद आचार्य,संस्थापकको तर्फबाट राज कुमार गौतम,पुर्व प्रधानाध्यापक विष्णु सुवेदी, पुर्व शिक्षक डिल्लीराध धिताल महिला अधिकारकर्मि शुष्मा गिरी,कांग्रेसका हेम बहादुर वली, लगायतले बोलेका थिए ।

बार्षिक उत्सवका अवसरमा माघ १७ गते देखि सुरु भएका फुटवल,भलिवल,दौड,हाईजम्प,लङजम्प,हिसाव दौड, हाजिरी जवाफ, प्रतियोगितामा प्रथम, द्धितिय ,तृतिय भएका विद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो । यस्तै, पुर्व अध्यक्षहरु, पुर्व प्रधानाध्यापकलाई कदर पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी चन्दादाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थिथयो । विद्यालयका प्रधनाध्यापक पदम बहादुर वलीले प्रगती प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रमको सहजिकरण शिक्षक देव बहादुर वलीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतीक प्रस्तुत गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया