टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार नाघ्याे

 माघ २९, २०७९

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ । देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका बासिन्दाहरू आफ्ना सपनाका घरहरू खरानीमा परिणत भएकोमा अत्यन्त दुःखित छन् ।

भूकम्प पीडित घरबारविहीन भएका मानिसहरू खुला आकाशमुनि बसेर आगोको सहारामा घरबाट बाहिर निस्केको भग्नावशेषका फोहोर हेरिरहेका छन् । घरका अतिरिक्त विलासी कारहरू एवं सवारी साधनहरू पनि भूकम्पबाट बच्न सकेनन् र भग्नावशेषमा परिणत भए। यसैबीच सरकारले राहत उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।

अन्टाक्याको सुन्दर मस्जिद पनि भूकम्पको धक्काबाट बच्न सकेन, भूकम्पले ध्वस्त भयो। भूकम्प पीडित शहरमा चारैतिर आतङ्क छाएको छ । सडकमा प्रहरी र सेनाले एम्बुलेन्स र उद्धारका अन्य सवारीसाधनलाई बाटो देखाइरहेको दृष्य देख्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया