घोराहीमा सुरु हुने महाेत्सवको तयारी पुरा
तुलसीपुर । भोलीदेखी घोराहीमा सुरु हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी पुरा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को झिगौरामा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जनाएको छ । आयोजक मूल समितिले महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको भौतिक निर्माणको काम अन्तरगत, मूल मञ्च, स्टल निर्माण, गेट निर्माण, बाल उद्यान निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको आयोजक मुल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । यस्तै उद्घाटनपूर्व हुने शोभायात्राको तयारी पनि पुरा भएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन सञ्चार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले गर्ने आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवको उद्घाटनपूर्व बिहान १० बजेदेखी ट्राफिक चोकमा जम्मा भएर शोभायात्रा गरिने र दिउसो १ बजे महोत्सवको उद्घाटन गरिने छ ।
उद्घाटन पूर्व सामाजिक संघसंस्था, टोल विकास संस्थाहरुको सहभागीतामा शोभायात्रा हुने छ । शोभायात्रामा ब्यानर र झाँकी सहित सहभागीता जनाउन पनि उहाँले सम्पूर्ण संघसंस्था, टोल विकास संस्थाहरुलाई आयोजकले अनुरोध गरेको छ ।




तपाईंको प्रतिक्रिया