लाेकप्रियतालाई भजाएर राजनीति गर्ने प्रबृत्ति बढ्याे: राजेश हमाल

 फागुन ०९, २०७९

दाङ । अभिनेता राजेश हमालले नेपाली फिल्म क्षेत्रले दर्शकको चाहना बुझ्न नसकेको बताएका छन् । दर्शकको चाहनाअनुसारका उत्कृष्ट र राम्रा नेपाली फिल्म नबन्दा विदेशी फिल्मले नेपाली बजार लिइरहेको उनको भनाइ छ । उनले लाेकप्रियतालाई भजाएर राजनीति गर्ने प्रबृत्ति बढेकाे बताएका थिए ।

चलचित्र पत्रकार संघ दाङले सोमबार बेलुकी घोराहीमा गरेको साक्षात्कारमा बोल्दै हमालले यस्तो बताएका हुन । अभिनेता हमालले नेपाली फिल्ममा मौलिक कथावस्तु आउन नसकेको बताए । सङ्घका अध्यक्ष सन्ताेष केसीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण सचिव निरला अर्यालले गरेकि थिईन ।

तपाईंको प्रतिक्रिया