विद्यालय कर्मचारी परिषद् संघिय आन्दोलनको तयारीमा
फाेटाे : २०७९ भदौ २० मा आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीहरु
अरुण कुमार नेपाली, दाङ । सम्झौता बमोजिम सरकारले सेवा सुविधा कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले आफ्नो पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु सुरु गरेको छ । हालै काठमाण्डौमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलन मार्फत घोषणा गरिएका चरणबद्ध आन्दोलनका कार्यक्रमहरुलाई परिषदले अघि बढाएको हो। पूर्व घोषित कार्यक्रम अन्तर्गत फागुन १५ गतेदेखि मसान्तसम्म देशभरका ७५३ वटै स्थानीय तहमा परिषदले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
उनका अनुसार चैत १ गतेदेखि ७ गतेसम्म सबै जिल्लाका शिक्षा तथा समन्वय इकाइमा र चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालय प्रदेश सरकार समक्ष परिषदले आफ्ना माग समेटिएको ध्यानाकर्षण पत्र बुझाउनेछ। सरकारलाई आफुहरुका मागका विषयमा सचेत गराउन दोस्रो चरणको आन्दोलन गरिएको अध्यक्ष अध्यक्ष तिवारीले बताए। यस अघि परिषदले गत भदौमा राजधानि केन्द्रित आन्दोलन गरेको थियो ।मुलतःसरकारलाई माग पुरा गराउन दबाब दिने उद्धेश्यले ध्यानकर्षण गराउने काम भइरहेको तिवारी बताए। ।
सरकारले यति गर्दासम्म पनि मागको कुनै सुनुवाई नगर्ने स्थिति सिर्जना भए कडा आन्दोलन गर्नुको विकल्प नभएको अध्यक्ष तिवारी भने । ‘माग सम्बोधन गर्ने विषयमा सरकार उदासिन देखिए तपाईहरुको अबको आन्दोलनको स्वरुप कस्तो हुन्छ नि भन्ने प्रश्नमा अध्यक्ष तिवारी भन्छन,’हामी अन्तिम संघिय आन्दोलनको तयारीमा छौ,जुन आन्दोलन गत भदौ १२ गते देखि गरिएको विद्यालय बन्दको कार्यक्रमलाई नै निरन्तरता दिने छौ।,’
नयाँ बजेटको सिलिङ्ग चैत्र महिनामा हुने भएकाले त्यसैलाई केन्द्रित गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको अध्यक्ष तिवारीले बताए। सरकारले अब ल्याउने नयाँ बजेटमा विद्यालय कर्मचारीहरुका सेवा सुविधा समावेश गराउन दबाब दिने गरी बैशाखको पहिलो हप्ताबाट नै आन्दोलन अघि बढ्ने उनले बताए।
यसपटकको आन्दोलन निर्णायक र परिणाममुखी हुने पनि अध्यक्ष तिवारीले दाबी गरे।
‘सरकारले तत्काल माग सम्बोधन गरोस,होइन भने देशैभरका सामुदायिक विद्यालय ठप्प पारी ३५ हजार विद्यालय कर्मचारीहरुलाई केन्द्रिय राजधानि काठमाण्डौमा केन्द्रित गरी कडा आन्दोलनमा जान्छौ,जान्छौ तिवारी कडा चेतावनी दिए।’


तपाईंको प्रतिक्रिया