सामुदायिक विद्यालयलाई अब्बल बनाउछाैं: रावत

तुलसीपुर । तुलसीपुर उपमहानगरका सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले सामुदायिक बिद्यालय थप उत्कृष्ट बनाउने बताएका छन । वडा नम्बर ३ स्थित माद्यामिक बिद्यालय प्रतापकोटको ५१औ वार्षिक उत्सवलाइ सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । वडा नम्बर ११ कन अध्यक्ष समेत रहेको रावतले उत्कृष्ट तथा गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयलाई अव्वल बनाउने बताएका छन ।

सामुदायिक बिद्यालय प्रति समाजकाे दृष्टिकोण फरक रहेकाे हुदा सकारात्मक परिणाम ल्याउने गरि काम अघि बढाएकाे उनले बताएका छन । उनले लामाे समय देखि विद्यालयमा तहगत प्रधानाध्यापक नभएकोमा व्यवस्थापन गर्ने काम अघि बढेको बताए ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर बिकले विद्यालयलाई सबै खाले सेवा सुविधायुक्त बनाईने बताएका छन । त्यस अवसरमा स्थानीय मान बहादुर घर्तीले आफ्ना बुवा आमाको स्मृतिमा तथा लोक बहादुर बुढा मगर एग्गे बहादुर बुढा मगर,दुर्गे बुढा मगर,बिरेन्द्र बुढा मगर र सुरेन्द्र बुढा मगर ले आफ्ना स्वर्गीय बुवा आमा को स्मृतिमा विपन्न वर्ग छात्रवृत्तीका लागी अक्षयकोष राख्ने गरी ५० हजार रुपैयाँ बिद्यालय लाइ हस्तान्तरण गरेका थिए ।
बिद्यालय बिव्यस अध्यक्ष लिलामणी बाठाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा महाशाखाका चक्र भण्डारी लगायतले आफ्नो मन्तब्य राखेका थिए भने बिद्यालयमा अध्ययनरत बालबालिका हरुले नृत्य प्रस्तुत गरेका थिए ।
तपाईंको प्रतिक्रिया