नेसंवि  बेलझुण्डीमा लागेकाे ताला खुल्यो,अनेरास्ववियुका मागबारे छानबिन हुने

 फागुन ३०, २०७९

दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा लागेकाे ताला खुलेकाे छ । स्ववियु निर्वाचन २०७९ को लागि मतदाता नामावलीमा केही राजनीतिक दलको प्रभावमा परि नेपाल सरकारको प्रमुख सुरक्षा संयन्त्र नेपाली सेनाका जवानहरूको सहित गैर विद्यार्थीहरूलाई समावेश गरि  प्रकाशित गरेर धाधली  गर्न खोजेकाे भन्दै अनेरास्ववियुले ताला लगाएकाे थियाे ।

अनेरास्ववियुले उठाएका मागका सम्बन्धमा छानबिन  गर्ने सहमति भएपछि ताला खुलेकाे हाे । आज क्याम्पस प्रमुख उदयराज सुवेदी, अनेरास्ववियु केन्द्रीय सदस्य सर्जन परियार, जिल्ला अध्यक्ष गाेविन्द बस्नेत लगायतको उपस्थितिमा छानबिन प्रश्चात मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको हाे ।

 

तपाईंको प्रतिक्रिया