ज्ञानज्याेतीका विद्यार्थी दाङ जिल्ला उत्कृष्टमा पर्न सफल
राजेश गौतम, तुलसीपुर । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योती माबिका विद्यार्थी जिल्लाभरिका बिद्यालयका उत्कृष्ट बर्ष विद्यार्थीहरुमा पर्न सफल भएका छन । एन प्याब्सन दाङको आयोजनामा भएको बर्ष उत्कृष्ट विद्यार्थीको प्रतियोगितामा ज्ञानज्योति माबीमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिशा सुवेदी जिल्ला प्रथम भएकी छिन भने छात्रतर्फ दिपेन्द्र डाङी दोस्रो भएका छन ।
कक्षा १० अर्थात एसइइ को परिक्षा नजिकै गर्दा एन प्याब्सन दाङले अङ्ग्रेजी , नेपाली , गणित , बिज्ञान र सामाजिक गरि पाचवटा बिषयमा दाङ जिल्लाभरका बिद्यालयका विद्यार्थीहरुलाइ प्रतिस्पर्धा गराएको हो ।
दाङ जिल्लाका ३२ वटा बिद्यालयका ३२ छात्र र ३२ छात्रा सहभागी रहेकामा ज्ञानज्योती माबिका विद्यार्थीहरु उत्कृष्टमा पर्न सफल भएको ज्ञानज्योती माबिका सहायक प्रधानाध्यापक मनोज केसिले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष एसइइमा दाङ जिल्ला प्रथम सहित उत्कृष्ट नतिजा ल्याएको ज्ञानज्योतिले यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउनेमा आफुहरु बिस्वस्थ रहेको केसिको भनाइ छ । केही समय अघि एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १५ औं स्थानमा परेको थियो ।


तपाईंको प्रतिक्रिया