महेन्द्र क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ बिजयी

 चैत ०९, २०७९

घोराही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनुभएको हो ।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतपरिणाम अनुसार बिजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सवैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा बिजयी हुनुभएको हो । पराजित महराले ६ सय २० मत मात्रै प्राप्त गर्नुभएको छ ।

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्टिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए ।

 

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित हुनुभएको छ । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत बिजयी हुनुभएको छ भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरि पराजित हुनुभएको छ ।

सदस्यमा नेविसंघका बसन्त कडेल,सुरेश पोख्रेल,विवेक खनाल,जीवन डिसी,अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वीयुका सविन पोख्रेल बिजयी भएका हुनुभएको थियो । चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि बिप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

 

तपाईंको प्रतिक्रिया