‘पैचाे कार्यक्रम’ मार्फत  पशु व्यबसायीलाई आयआर्जनमा जाेड्छाैं:  वडाध्यक्ष रावत

 चैत १२, २०७९

तुलसीपुर । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा कुखुरापालन तथा बाख्रापालन  तालीम सुरु भएको छ । विद्यालयको आयोजना तथा सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा ३९० घण्टे अर्थात ६५ दिने तालीमको एक कार्यक्रमका विच उद्घाटन भएको हो ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हाेताराम बस्नेतकाे अध्यक्षता तथा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रावतले  छोटो अवधिको तालीमबाट सीप सिकेर आत्मनिर्भरताको बाटोमा अघि बढ्न आग्रह गरेका थिए । तालीमले पशु ब्यवसाय प्रबद्धनमा टेवा पुग्ने वडाध्यक्ष रावतकाे भनाई थियो । उनले कृषिमा जाेडिन सके श्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकोले त्यस तर्फ केन्द्रीत हुन आग्रह गरेका थिए। साथै उनले तालिम पश्चात पशु ब्यवसायमा लाग्न चाहनेलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आगामी बर्षकाे बजेटमा ‘पैचाे कार्यक्रम’ बाट वडाबासिलाई आर्थिक रुपमा सबल बनाउने बताएका थिए ।

विद्यालयका प्रधानाध्यापक पदमबहादुर वलीकाे स्वागत मन्तव्य तथा विषय प्रबेशबाट सुरु भएको कार्यक्रममा बिशिस्ठ अतिथि शिक्षा महाशाखाका शिक्षा अधिकृत मन बहादुर खड्का, विद्यालयका ब्यवस्थापन समितिका सदस्यहरु अर्जुन बस्नेत, हरि प्रसाद बुढाथोकी,  प्रशिक्षक डाक्टर आस्था अधिकारी लगायतले बाेलेका थिए ।

कार्यक्रमको सहजिकरण कर्मचारी बसन्त परियारले   गरेका थिए । २०७९ जेठ १७ गते सम्म सञ्चालन हुने तालीममा कुखुरा पालन र बाख्रापालनमा गरि ४० जनाको सहभागीता रहेको छ ।

तपाईंको प्रतिक्रिया