जनकल्याण माविकाे बिव्यसमा एमाले -माओवादी गठबन्धन विजयी

 चैत १३, २०७९

निराश पाण्डे, तुलसीपुुर । शान्तिनगरको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुुरमा एमाले -माओवादी गठबन्धन विजयी भएको छ । विद्यालयको व्यवस्थापन समिति चयनका लागि आज भएको निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको हो ।

जस अनुसार गठबन्धनको तर्फबाट माओवादीका ढकलाल कडेल २०९, वीरेन्द्र जैसी २०९, एमालेकाि पूर्णकुमारी घर्ती २१६ र टिका ओलीले २१३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । त्यसैगरी नेपाली काँग्रेसका हरिभक्त केसी ८८, डम्बर खत्री ८९, केरवसी दहाल ८९ र पुष्पा थापाले ९१ मत प्राप्त गरेर पराजित हुनु भएको छ । निर्वाचीत ४ जना सदस्यबाट व्यवस्थापन समितिको अध्यक्ष  चयन गरिने छ । निर्वाचन बिहान १० बजेबाट साढे तीन बजेसम्म भएको थियो । ४९९ जना मतदाता संख्या रहेको विद्यालयमा ३४४ जनाले मतदान गरेका थिए । फाेटाे हिरा सुनार

तपाईंको प्रतिक्रिया