दाङका डिआरएन चलचित्र पत्रकार संघको केन्द्रिय सदस्यमा मनाेनित

 चैत १९, २०७९

तुलसीपुर । चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय सदस्यमा दाङका ध्रुबराज न्यौपाने (डिआरएन)मनोनित हुनुभएको छ । चलचित्र पत्रकार संघ नेपालको शनिबार धुलिखेलमा भएको चौथो पुर्ण बैठकले चलचित्र पत्रकार सघंलाई क्रियाशिल बनाउदै आउनु भएका न्यौपानेलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको केन्द्रिय अध्यक्ष समिर वलामिले जानकारी दिनुभयो ।

एक दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुदै आउनुभएका न्यौपाने चलचित्र पत्रकार संघ दाङका पुर्ब अध्यक्ष हुनुहुन्छ ।
चलचित्र पत्रकार संघलाई चलायमान गराउदै आउनु भएका न्यौपाने हाल दाङ शाखाका सल्लाहकार समेत रहनु भएको छ ।

बिभिन्न सामाजिक सघं सस्थाहरुको सफल नेतृत्व गरिसकेका न्यौपाने यस अघि दुबईमा आयोजना भएको चलचित्र अवार्ड बाट समेत सम्मानित भैसक्नु भएको छ ।

 

तपाईंको प्रतिक्रिया