प्रावि स्थायी शिक्षककाे पदस्थापन

 चैत १९, २०७९

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पारिवारीक वातावरणमा शिक्षण गर्नका लागि नवनियुक्त शिक्षकहरुलाई आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा तथा युवा खेलकुद महाशाखाको आयोजनामा नवनियुक्त शिक्षकहरुको पदस्थापना बधाई ज्ञापन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख टीकाराम खड्काले प्रविधिसंग जोडिदै विद्यार्थीहरुलाई पठनपाठनमा आकर्षण गर्नुपर्नेमा जाेड दिएका थिए ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षा क्षेत्रलाई सुधार गर्दै लैजाने पालिकाको योजना रहेकोले सम्पूर्ण  शिक्षकहरुलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, सुशासन समितिका संयोजक धर्मराज वली, शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले मन्तव्य व्यक्त गरेका हुन् । अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकमा शिक्षा शाखाका मनबहादुर खड्का रहेका थिए ।

कार्यक्रमको सञ्चालन मदनकृष्ण देवकोटाले गरेका थिए । प्रावि स्थायी शिक्षककाे रुपमा नियुक्ति लिएका ११ शिक्षककाे विभित्र विद्यालयमा पदस्थापन भएको छ ।

तपाईंको प्रतिक्रिया