बल्ल पाए तुलसीपुरका १९ विद्यालयले तहगत ‘प्रधानाध्यापक’

 चैत २७, २०७९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक ब्यवस्थापनकाे टुंगो लगाएको छ । विभिन्न ९ माध्यमिक विद्यालय र १० आधारभुत विद्यालयमा तल्लो तहका शिक्षकहरु प्रधानाध्यापक रहकाेमा तहगत प्रधानाध्यापक बनाउन आवेदन माग गरिएको थियो । शिक्षा महाशाखाले २८ फागुनमा सूचना जारी गरेर १५ दिनमा निवेदन दिन स्थायी शिक्षकलाई अनुरोध गरेको थियोे ।

साेहि अनुसार प्राप्त निवेदनमा लामाे कसरत पछि टुंगोमा पुगिएकाे कार्यदलका एक सदस्यले जानकारी दिएका छन । यसकाे लागि सामाजिक विकास समितिका संयाेजक मानबहादुर रावतकाे संयोजकत्वमा समित बनेको थियोे । रावत नेतृत्वको  समितिले निरन्तरकाे छलफल तथा परामर्श पछि नाम टुंगो लगाएको हाे ।

जसअनुसार अम्बेश्वरि माविमा थानेश्वर आचार्य,मावि वालापुरमा जङ्गविर केसी, मावि दमारगाउमा गणेशमान खड्का,मावि प्रतापकाेटमा टेक प्रसाद भण्डारी, मावि दाेघरेमा सुनिता यादव,मावि हरिपाैरिमा राधा चाैधरि,मावि लक्ष्मिपुरमा पदम बहादुर खत्री, मावि कुटेचाैरमा टङ्क केसी र मावि भित्री सक्राममा डिल्ली खत्री महरा रहेका छन ।

यस्तै, आवि रानागाउमा पविना भण्डारी, आवि नवलपुरमा खाेपिराम अधिकारी रहेका छन ।

योग्यता अनुसारका प्रधानाध्यापक राख्नु पर्ने भएपनि लामाेे समयदेखिकाे प्रयास सफल हुन सकेको थिएन । तर अहिले   थालिएको याे प्रयास सफल भएको छ । तहगत प्रधानाध्यापकले गर्दा शिक्षण कार्यमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिईएकाे छ ।

तपाईंको प्रतिक्रिया