‘बुलाकी’ को सुखद व्यापार

 बैशाख ०२, २०८०

काठमाडौँ । प्रिमिएरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘बुलाकी’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ । फिल्मलाई मल्टिप्लेक्सहरुले निकै नै कम शो दिएका छन् । तर जति शो पाएको छ ती शोमा दर्शकको राम्रो साथ रहेको निर्माता बिराज बिष्टले बताए । शुक्रबार फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ ।

बिहानी शोमा फिल्मको व्यापार औषत भएपनि दिउँसोबाट दर्शकको अकुपेन्सी उच्च रहेको छ । नेपालगञ्जमा यो फिल्मले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो । फिल्म हेर्न नेपालगञ्जको हलमा पुगेका दर्शक टिकट नपाएर फर्किएको कलाकार तथा निर्माता बिष्टले जानकारी दिए ।

काठमाडौँका मल्टिप्लेक्समा पनि फिल्म हेर्न आउने दर्शकको संख्या सुखद थियो । क्यूएफएक्स चेन अन्त्रगतको सिभिल, लाबिम, छाँया सेन्टर, भक्तपुर लगायतका हलका फिल्मले जति शो पाएको छ । ती सबै शोमा दर्शक राम्रो रहेको निर्माताको भनाई छ ।

तपाईंको प्रतिक्रिया