अनेरास्ववियु दाङले भन्यो – चर्को शुल्क तत्काल राेकियाेस्
दाङ । अनेरास्ववियु दाङले नयाँ शैक्षिक सत्रसँगै निजी तथा सरकारी विद्यालयले विभिन्न वहानामा चर्को शुल्क लिएको भन्दै तत्काल रोक्न स्थानीय सरकारसँग माग गरेको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष गोविन्द बस्नेत नेतृत्वको टोलीले विहीवार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाउँदै आफुखुशी शुल्क असुली रहेको भन्दै तत्काल रोक्न माग गरेको हो ।
शुल्क असुलीरहेको भन्दै तत्काल रोक्न माग गरेको हो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै दाङका निजी तथा सामुदायिक विद्यालयहरुले आफूखुशी चर्को शुल्क लिइरहेको पाइएको तर यस्तो अवस्थामा स्थानीय सरकार मुकदर्शक भएर बसेको भन्दै तत्काल मनपरी लिइएको शुल्क रोक्न माग गरिएको अध्यक्ष बस्नेतले बताए ।
अनेरास्ववियुले शुल्क रोक्नेलगायतका काममा तदारुकता नदेखाए विद्यार्थीहरु आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
साथै ज्ञापनपत्रमा सामुदायिक विद्यालयमा भर्नादर वृद्धि र शैक्षिक गुणस्तर बढाउन सरकारी कर्मचारी, जनप्रतिनिधि, विदालयका शिक्षक र कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीका छोराछोरीहरुलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठन गराउन स्थानीय सरकारले भूमिका खेल्नुपर्ने अनेरास्ववियुले माग गरेको छ ।
तपाईंको प्रतिक्रिया