दाङमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

 बैशाख ०९, २०८०

तुलसीपुर । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीका ४१ वर्षीय श्रीमान मेघराज रहेको प्रहरीले जनाएको छ ।उनलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए ।

वैशाख १ गते राति साढे ९ बजे काठको चिरपटले हानेर शारदाको हत्या गरेको मेघराजले प्रहरीसमक्ष बताएका छन्। हत्यापछि डेढ घण्टा लगाएर शव खाल्डोमा पुरेको बताएका हुन् ।

घटनाबारे प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया