वडाध्यक्ष रावतद्धारा अभिभावकत्व ग्रहण

 बैशाख १०, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले एक विद्यार्थीको अभिभाकत्व ग्रहण गरेका छन । आज सोहि वडाको करेमाटि निवासी साधना केसीलाई अमर माविमा कक्षा ९ मा भर्ना गर्दै अभिभाकत्व ग्रहण गरेका हुन । वडामा निर्वाचित भएको पहिलो बर्षमा केसीलाई भर्ना गर्दै उनको बार्षिक पढाई खर्च ब्यक्तिगत रुपमा ब्यहोर्ने प्रतिबद्धता जनाएका छन । आर्थिक अवस्था कमजोर भएका कारण अभिभाकत्व ग्रहण गरेको उनले बताएका छन ।

आर्थिक अभावकै कारण पढ्नबाट बञ्चित हुने अवस्था नआओस भनेर अन्य बालबालिकालाई वडाबाट समेत सहयोग गर्ने योजना रहेको वडाध्यक्ष रावतले बताएका छन ।  भर्ना भएसगैं विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले विद्यार्थीलाई पुस्तक प्रदान गरेका थिए ।

तपाईंको प्रतिक्रिया