मावि उरहरीमा कक्षा १२ का विद्यार्थीलाई विदाई

 बैशाख १७, २०८०

तुलसीपुर । तुलसीपुर – ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कक्षा ११ मा अध्ययनरत छात्रा सविना कंवरको अध्यक्षता तथा वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले अनुशासन विद्यार्थीको गहना भएकोले जहा गएपनि भुल्न नहुने बताएका थिए । भेटिनु र छुटीनु प्रकृतिको नियम भएको हुदा आफ्नो भविष्यलाई अघि बढाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीलाई खादा टिका लगाएर मायाको चिनो प्रदान गरिएको थियो । यसैविच सरुवा भएर जानुभएका शिक्षक खोपीराम अधिकारीलाई विदाई गरिएको थियो । २०७९ देखि सेवारत शिक्षक अधिकारीको आवि कटाहमा सरुवा भएपछि अधिकारीलाई दोसल्ला ओढाएर शिक्षक कर्मचारीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

शिक्षक यज्ञ बहादुर अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेत,प्रधानाध्यापक पदम बहादुर वली,शिक्षक प्रतिनिधि शुस्मा भण्डारी,शिक्षकहरु देव बहादुर वली,झरना रजौरे,निर्मल कुमार वली,विद्यार्थी नविन भण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी हरी खत्रिले गरेका थिए । कार्यक्रममा विद्यार्थीले साँस्कृतीक प्रस्तुती राखेका थिए ।

 

तपाईंको प्रतिक्रिया