शिक्षकलाई अक्षर सुधार तालिम

 बैशाख २०, २०८०

तुलसीपुर । विद्यार्थीका अक्षर लेखनमा समस्या देखिएपछि तुलसीपुर उपमहानगरपालिकाले शिक्षकबाटै अक्षर सुधार सुरु गरेको छ । विद्यालयमा तल्लो तहबाट नै अक्षर सुधारका लागि आधारभूत तहका शिक्षकहरुलाई अक्षर सुधारका लागि प्रशिक्षण सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काले तल्लो कक्षाबाट नै अक्षर सुधारको प्रयासबाट नै सफलता प्राप्त गर्न सकिने भएकाले अक्षर सुधारको कार्यक्रम अघि बढाएको बताउनुभयो ।

 

नगरप्रमुख खड्काले विद्यार्थीको नेपाली र अङ्ग्रेजी अक्षर लेखनमा निकै समस्या देखिएपछि सुधारका लागि शिक्षकहरु अक्षर सुधार बाटै सुरुवात् गरिएको बताउनुभयो । उहाँले शैक्षिक सत्रमै नतिजा देखिने गरेर अक्षर सुधारको कार्यमा लाग्नका लागि निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्र्तगत तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद महाशाखाको आयोजनामा अक्षर सुधार कार्यक्रम सुरु गरिएको हो । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले शिक्षकलाई नेपाली समाजमा लेखनका लागि विगतदेखि मानक मान्दै आएकाले त्यो विरासतलाई यथावत् अवस्थामा राख्नका लागि आग्रह गर्नुभयो ।

उहाँले प्रविधिको विकासंगै लेखन कार्यहरु भुल्दै जाँदा अक्षर सुधारमा समस्या सिर्जना भएको बताउनुभयो । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले अक्षर सुधारका लागि तल्लो तहका शिक्षक शिक्षिकालाई पहिलो प्राथमिकतामा राखेर प्रशिक्षण सुरु गरिएको बताउनुभयो ।

उहाँले अक्षर लेखनसीपलाई आफूमा मात्रै सीमित नराखी विद्यार्थीहरुको सिकाईमा समेत देखिनुपर्ने बताउनुभयो । ८३ वटा सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको छ ।सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा अक्षर लेखन सुधार कार्यक्रमको सुरु गरिएको हो ।

कार्यक्रमका विषयमा शिक्षाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी गराउनुभएको हो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका मनबहादुर खड्काले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया