चलचित्रको बजार स्तरीकरण गर्न बाेर्ड याेजनाका साथ अगाडी बढ्दैछ्: प्रबक्ता बुढाथोकी

 बैशाख २३, २०८०

तुलसीपुर । चलचित्र बिकास बोर्डका प्रबक्ता केएल बुढाथोकीले दाङलाई चलचित्र नगरीको रुपमा विकास गर्न आफ्नो ध्यान कन्द्रित रहेको बताएका छन । चलचित्र पत्रकार सघं दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको स्वागत सम्मान एवं साक्षात्कार कार्यक्रममा बोल्दै बुढाथोकीले यस्तो बताएका हुन ।

उनले दाङलाई चलचित्र छायाङ्कनको नगरी बनाउन थुप्रै सम्भावना रहेको बताए । विभिन्न जातजातिको बसोबास रहेको दाङ जिल्लामा स्थानीय भेषभुषा,कला संस्कृति, रहनसहनलाई समेटेर चलचित्र निमार्ण गर्न सकेमा जिल्लालाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।

हालै चलचित्र विकास बोर्डको प्रवक्तामा नियुक्त भएका बुढाथोकी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घुम्ति सिनेमा तथा सिनेमा साक्षरता अभियानका क्रममा दाङ आएका हुन ।

कार्यक्रममा उनले नेपाली चलचित्र हेर्ने संस्कृतिको विकास गर्न बोर्डको आयोजनामा देशैभर घुम्ति सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको बताए । जहाँ सिनेमा हलहरु छैनन्,सहज रुपमा नेपाली मौलिक चलचित्र हेर्न सक्ने अवसर मिलिरहेको छैन,त्यहाँ पुगेर आम नागरिकहरु सामु चलचित्र प्रर्दशनी गरिरहेका छौं,प्रवक्ता बुढाथोकीले भने,यस कार्यक्रमले नेपाली चलचित्रको बारेमा नागरिकको अवधारणा,रुचि मनोभावलाई बुझ्न मद्धत पुगेको छ ।

उनले नेपाली चलचित्रको बजारलाई स्तरीकरण गर्न चलचित्र विकास बोर्डले ठोस योजना बनाएर अगाडी बढ्ने बताए । त्यस्तै उनले दाङमा बाल चलचित्र महोत्सव सञ्चालन गर्ने योजना रहेको पनि बताए ।

त्यस महोत्सवमा बालबालिकाले आफैले तयार गरेका कथा बस्तुहरु प्रर्दशनीमा राखिने छ । पछिल्लो समय चलचित्रले अस्थिरता,हिंसा,विभेद फैलाउर्दै गएको बताउँदै प्रवक्ता बुढाथोकीले त्यसलाई नियमन गर्न चलचित्र विकास बोर्डसगैं आम नागरिक समाज पनि जागरुप हुन जरुरी बताए ।

चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रबक्ता माधब वलिले स्थानीय पालिकाले विभिन्न जातजातिको कला संस्कृति संरक्षण गर्नका गर्न लागि केही मात्रामा बजेट बिनियोजन गर्ने आएपनि चलचित्रको माध्यमबाट ति देखाउने कुराहरुलाई ठोस रुपमा लैजान नसकिरहेको स्वीकार गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा ननम्बर  ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । चलचित्र पत्रकार सघंका निबर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गरेकी थिइन ।

तपाईंको प्रतिक्रिया