राप्ती बबई क्याम्पस प्रमुखमा गणेश पार्धे नियुक्त

 बैशाख २५, २०८०

तुलसीपुर । राप्ती बबई क्याम्पस तुलसीपुरका प्रमुखमा गणेश पार्धे नियुक्त भएका छन । क्याम्पस सञ्चालक समितिको सोमवार बसेको बैठकले पार्धेलाई क्याम्पस प्रमुखमा चयन गरेको हो ।

यस अघिका क्याम्पस प्रमुख युवराज रावतको कार्यकाल सकिएपछि रिक्त रहेको प्रमुख पदमा पार्धेलाई नियुक्ति गरिएको हो । रावतको कार्यकाल फागुन १८ गते सकिएको थियो ।

साथै ४ बर्षे कार्यकालका लागि नियुक्त भएका पार्धेले मंगलवारदेखि जिम्मेवारी सम्हालने सञ्चालक समिति अध्यक्ष श्याम कुमार रेग्मीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया