माध्यमिक तहकाे लागि आइसिटि सम्बन्धि तालिम सुरु

 बैशाख २५, २०८०

तुलसीपुर । तुलसीपुरमा माध्यमिक तह विद्यालयका शिक्षक कर्मचारीहरुलाई आईसीटी सम्बन्धी तालिम सुरु भएको छ । सामुदायिक बिद्यालयमा आईसीटीको प्रयोग बढाउनको लागि तालिमको आयोजना गरिएको हो । ५ दिन सम्म सञ्चालन हुने तालिमको आज उद्घाटन गरिएको छ ।

शिक्षा महाशाखाका प्रमुख चक्र बहादुर भण्डारीको अध्यक्षता तथा सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथी रावतले आफु सक्षम भए मात्रै विद्यार्थीमा ज्ञान प्रदान गर्न सकिने भएको हुदा प्रविधि बारे जानकार हुनुपर्ने बताएका थिए । आईसीटीको माध्यमबाट पठनपाठन हुदा शिक्षण कार्य थप प्रभावकारी हुने हुदा तालिमबाट थुप्रै कुरा सिकेर जान आग्रह गरेका थिए ।

उदघाटन अवसरमा बोल्दै गुरुजजुर नमुना माविका प्रधानाध्यापक विष्णु कुमारी केसीले आईसीटी विकासमा शिक्षा महाशाखाले आयोजना गरेको तालिमबाट भरपुर सदुपायोग गर्न आग्रह गरेकि थिइन ।

उद्घाटन कार्यक्रमको समापन सगैं पहिलो दिन शिक्षा अधिकृत मन बहादुर खड्का र बम बहादुर पुनले सहजिकरण गरेका थिए । महाशाखाले यस अघि प्रावि र निमावि तहको लागि तालिम सञ्चालन गरेको थियो ।

तपाईंको प्रतिक्रिया