सगरमाथामा बालबालिकालाई कानुनी सचेतना

 बैशाख २६, २०८०

दाङ । सगरमाथा बालबाटिका इंलिस स्कुलले आफ्ना विद्यार्थीलाई कानुनी सचेतना प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको विद्यालयले मंगलबार कानुन दिवसको अवसरमा आफ्ना विद्यार्थीलाई बाल अधिकार र कानुनी सचेतना प्रदान गरेको हो ।

त्यस अवसरमा मेट्रो कलेजको कानुन संयोजक तथा अधिवक्ता गोपाल उपाध्यायले विद्यार्थीलाई बाल अधिकार बारेमा सचेतना प्रदान गर्नुभयो । उहाँले वाल अधिकार, महिला अधिकार र साइबर क्राइम सम्बन्धि जानकारी दिनुभयो।

उहाँले पछिल्लो समय बढ्दै गएको सुचना प्रविधिका कारण कति बालबालिका जान अन्जानमा साइबार अपराधमा जोडिने भएकाले यसबारे बालबालिका र अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।

यस्तै समाजमा अहिले पनि कहिकतै बालहिंसा हुने गरेकाले यसबारे सचेत रहन बालबालिकालाई आग्रह गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा अधिवक्ता उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यस्तै कानुनको विद्यार्थी देवीसरा वलीले सानै उमेरदेखि कानुनी कुराहरु बालबालिकामा सचेतना गराउनु प्रशंसनिय कार्य रहेको बताउनुभयो । विद्यालयका सिईओ यमकान्त खरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैँयाले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया