बिपन्न समुदायका विद्यार्थीहरुलाई पोशाक

 बैशाख २९, २०८०

गोकर्ण पौडेल, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । स्वावलम्बन वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा रहेका ८५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । विद्यालयमा थारु,दलित समुदायका बालबालिकाहरु अध्ययन गर्दछन् ।

विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने गर्दै आएको बताउनुभयो । उहाँले विद्यालय पोशाक अनिवार्य भएपनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई विद्यालयले पुस्तक,कापी निशुल्करुपमा उपलब्ध गराएपनि पोशाक भने विद्यालय नै आर्थिकरुपमा सबल नभएकाले उपलब्ध गराउन नसकेको बताउनुभयो । वित्तीय संस्थाका तुलसीपुर शाखा प्रमुख उमेशकुमार भण्डारीले संस्थाले सामाजिक उत्तरदायित्वअन्र्तगत विद्यालयमा पोशाक वितरण गरिएको बताउनुभयो ।

उहाँले समाजमा महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउने,नेतृत्वमा पु¥याउनुका साथै सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
नगरप्रमुख टीकाराम खड्काले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण, प्रशिक्षण, अक्षर सुधार, दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिइरहेको अवस्थामा बालबालिकाहरुका लागि पोशाक,झोला,कापी कलम वितरण गरिनु सकारात्मक कार्य भएको बताउनुभयो । उहाँले विपन्न समुदायमै विद्यालय पोशाक हस्तान्तरण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव विश्वकर्माको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर १का वडाध्यक्ष हुमकान्त सापकोटा, पूर्व वडाध्यक्ष लक्ष्मण भण्डारी, शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया