प्रविधिको प्रयोग गरि पठनपाठन प्रभावकारी बनाउन तर्फ लागौं: नगर प्रमुख खड्का

 बैशाख २९, २०८०

ईन्द्र चौधरी, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको आयोजनामा बैशाख २५ गते देखि संचालित पाँच दिने सूचना तथा प्रविधि सम्बन्धी तालिम आज सम्पन्न भएको छ । शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । सो अवसरमा प्रमुख अतिथि खड्काले मानिस प्रविधि संग टाढा रहदा ज्ञान बाढ्न असहज हुने भएकोले प्रविधि संग जोडिनुपर्ने बताएका थिए । दर्जनौ किताब बोकेर, लाईव्रेरीमा सजाएर राखेको किताव भन्दा प्रविधिको प्रयोगले स्थान लिएको हुदा प्रविधिको भरपुर उपयोग गर्नुपर्ने उनले बताएका थिए ।

प्रविधि मैत्रीको युग आई सकेकोले यसको महत्व बढ्दै गएको उनले बताएका थिए । पाच दिन सम्म सञ्चालन भएको तालिममा शिक्षण सिकाईलाई प्रभावकारी र प्रविधि मैत्री रुपमा शिक्षा प्रदान गर्नको लागि प्रशिक्षक मनबहादुर खड्का, होमराज खड्का, सविन केसी, बम बहादुर पुन, मदन देवकोटा, सन्तोष न्यौपानेले प्रशिक्षण दिएका थिए । तालिममा सामुदायीक तर्फ माध्यमिक विद्यालय अन्र्तगत शिक्षक कर्मचारी गरी २४ जा प्रशिक्षार्थीहरुलाई तालिम दिइएको थियो ।

तालिमको समापन गर्दै महाशाखा प्रमुख चक्र भण्डारीले विद्यालयमा रहेको प्रविधिलाई चलायमान गर्नको लागि क्षमता वृद्धि गरी सदुपयोग गर्ने, आईसटी श्रोत शिक्षकको रुपमा र कक्षा कोठामा प्रयोग गर्नको लागि तालिम व्यवस्थापन गरिएको जानकारी दिएका थिए । सो अवसरमा गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौरका प्रधानाध्यापक विष्णु के.सी.प्रशिक्षार्थी मेघराज आचार्य, विमला डाँगी लगाएतले मनतव्य राखेका थिए । कार्यक्रमको संचालन मदन देवकोटाले गरेका थिए  ।

तपाईंको प्रतिक्रिया