शिक्षक कर्मचारीको माइतीघरमा प्रर्दशन

 बैशाख २९, २०८०

तुलसीपुर । देशभरका शिक्षक कमर्चारीले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका छन । विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास सहजकर्तालाई प्राथमिक तह सरह सेवासुविधाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन ।

नेपाल शिक्षक महासंघको आव्हानमा शिक्षक र कर्मचारी बिरोधमा उत्रिएका हुन् । त्यस्तै, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग राखेर प्रदर्शन गरेका हुन् । ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्नसमेत सरकारसँग उनीहरूको माग छ। साथै नेपाल शिक्षक महासंघसंग यसअघि भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया