वि.वि.एस. तेस्रो वर्षकाे नतिजामा ज्ञानदिप दाङमै उत्कृष्ट

 जेठ ०१, २०८०

राजेश गौतम , तुलसीपुर  । दाङको तुल्सिपुरमा रहेको ज्ञानदिप कलेज स्नातक तेस्रो बर्षमा उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम हुन सफल भएको छ । बिबिएस तेस्रो बर्षका छात्र  नारायण केसिले ७७.२० प्रतिशत अंक ल्याएर दाङ जिल्ला प्रथम भएकाे  ज्ञानदिप कलेजका प्रमुख सुरेन्द्र जि सी ले बताउनुभयो ।

ज्ञानदिप कलेजले बिबिएस सङ्गै बिसिए , बिएससी , र बिएमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ । ज्ञानदिप कलेज साबिकको मध्यपश्चिम तथा लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजमा पर्छ । यस कलेजमा दाङ सङ्गै रुकुम , रोल्पा , सल्यान , प्युठान लगायतका छिमेकी जिल्लाबाट विद्यार्थीहरु पनि पढ्न आउने गरेको कलेजका सहायक प्रधानाध्यापक मनोज केसी बताउनुभयो । कलेजले उत्कृष्ट नतिजा ल्याउने र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकाले कलेजमा विद्यार्थीहरुको आकर्षण रहेको उहाको भनाइ छ ।

ज्ञानज्योती फाउन्डेसन द्वारा संचालित ज्ञानदिप कलेजमा स्नातक तहका पढाइ हुने गरेको छ भने ज्ञानज्योती माबि मा बिद्यालतय तहको पढाइ हुँदै आएको छ । केही समय अघि एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका २० विद्यालय उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १५ औं स्थानमा परेको थियो ।

तपाईंको प्रतिक्रिया