शिक्षकले क्यालेन्डर च्यातेपछि अध्यक्ष कुटपिटमा उत्रिए

 जेठ ०१, २०८०

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर स्थित गुरुजजुर माविका अध्यक्ष लोकमणी पोख्रेलले विद्यालयका दुई शिक्षक माथि कुटपीटमा उत्रिएका छन् । उनले विद्यालयका पूर्व प्रधानाध्यापक प्रमोद आचार्य र पूर्व सहायक प्रधानाध्यापक झग्गु केसी माथि कुटपिटमा उत्रिएका थिए ।

विद्यालयले हालै प्रकाशण गरेको क्यालेण्डरमा शिक्षकहरुको बरियताका आधारमा शिक्षकहरुको नाम नराखेको भन्दै शिक्षक द्वयले क्यालेन्डर च्यातेका थिए । सोही विषयमा विवाद हुँदा विद्यालयका अध्यक्ष पोख्रेलले शिक्षक आचार्य र केसीलाई हातपात गरेका थिए । यसबारेमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दुबै पक्ष विच छलफल भएर मिलापत्र गरेर पठाईएको डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

 

तपाईंको प्रतिक्रिया