समिक्षा अधिकारीकाे ‘आफ्नो-आफ्नो दुख’ ले चर्चा बटुल्दै

 जेठ १३, २०८०

काठमाडौं ।  लोक तथा दोहोरी गायक  पशुपति शर्माको सुपरहिट गीत आफ्नो-आफ्नो दुख’को फिमेल भर्सन सार्वजनिक भएको छ । पशुपति शर्माको लय शब्द संगित तथा स्वरमा सजिएको मेल भर्सन आम नेपालीमाझ निक्कै लोकप्रिय बनेको थियो ।

शुक्रबार उक्त गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यो गीतको फिमेल भर्सनमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने गीतको लय शब्द पशुपति शर्माको रहेको छ ।

फिमेल भर्सनको भिडियोमा पनि उनै समीक्षा रहेकी छन् । दुर्गा पौडेलले निर्देशन गरेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

पल शाह सङ्ग मुद्दामा मुछिएपछि गीत संगितबाट अलि टाढा रहेकि  अधिकारी विस्तारै सांङ्गितिक क्षेत्रमा फर्किन कोशिस गरिरहेकी छिन् । उनकाे याे गित टिकटकमा निकै चर्चामा रहेको छ । युट्युवमा नम्बर १ मा छ, याे समाचार तयार पार्दा सम्म २ ला ७४ हजार भ्युज पाएकाे छ ।

गित यस्तो छ : 

 

तपाईंको प्रतिक्रिया