अतिरिक्त हुलाकका करिब ११ हजार कर्मचारीलाई अवकाश

 जेठ १५, २०८०

तुलसीपुर । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ। अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने बजेट वक्तव्यमा उल्लेख छ।

हुलाक सेवा विभागका अनुसार अतिरिक्त हुलाकतर्फ हाल १० हजार ८५८ दरबन्दी कायम छ। त्यसमा तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार ७६० डाँकबाहक छन्।

तपाईंको प्रतिक्रिया