कुखुरापालन र बाख्रापालन तालिमको समापन

 जेठ १९, २०८०

तुलसीपुर १९ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयमा कुखुरापालन र बाख्रापलन सम्बन्धी तालिमको समापन भएको छ । प्राविधिक तथा ब्यावासायिक तालिम परीषद् बुटवलको आर्थिक सहयोगमा सञ्चालित ६५ दिने तालिमको आज समापन गरिएको हो । विब्यस अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो ।

समापन अवसरमा प्रधानाध्यापक पदम बहादुर वली,विब्यस सदस्य अर्जुन बहादुर बस्नेत,मावि कोर्टिनेटर यज्ञ बहादुर अधिकारी, प्रशिक्षकहरु डा. आस्था अधिकारी र सुनिता बुढाथोकी,शिक्षक ईन्द्रमणि खड्का प्रशिक्षार्थीहरु सुशिला बुढाथोकी र करुणा परियार लगायतले बोल्नुभएको थियो ।

 

कार्यक्रममा बोल्ने बक्ताहरुले सिपमुलक तालिमको प्रभावकारीता धेरै भएको हुदा आगामि दिनमा पनि निरन्तरा दिनुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजिकरण वि.ब्य.स.का शिक्षक प्रतिनिधि शुष्मा भण्डारीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया