माग सम्बाेधन नभए विद्यालय बन्द गर्ने कर्मचारीको चेतावनी

 जेठ २१, २०८०

तुलसीपुर । सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन । आन्दोलन कार्यक्रम अनुसार देशैभरका शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयका कर्मचारीले धर्ना आज दिएका छन् ।विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आह्वानमा आइतबार कर्मचरीले धर्ना दिएका हुन् ।

परिषद्को पूर्वघोषित कार्यक्रमअनुसार ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईमा कर्मचरीले धर्ना दिएको परिषद्ले जनाएको छ । यता दागँमा पनि कर्मचारीहरु तालाचावि प्रशासनमा बुझाउदै ईकाइमा धर्ना दिएका छन । आज दिनभर घोराहीमा रहेको समन्वय ईकाईमा धर्ना दिएको परीषद्का जिल्ला अध्यक्ष तप्त शर्माले जानकारी दिएका छन । उनका अनुसार धर्ना कार्यक्रममा शिक्षक महासंघ सहित विभिन्न शिक्षक संगठनरले पनि ऐक्यबद्धता जनाएका थिए ।

धर्ना कार्यक्रममा परीषद्का केन्द्रीय उपमहासचिव डम्बर ओली, लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द जिसी लगायतकाले सम्बोधन गरेका थिए । उनिहरुले सरकारले कर्मचारीका माग सम्बोधन नभए अझै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनि दिएका थिए । उनिहरुले सरकारले बेवास्ता गरे केन्द्रीय कार्यक्रम अनुसार दागंका सबै सामुदायिक विद्यालय बन्द गर्न आफुहरु बाध्य हुने बताएका थिए ।

आन्दोलन अन्र्तगत धर्ना कार्यक्रम जेठ २६ गते सम्म चल्ने परीषद्का केन्द्रीय सदस्य मित्रलाल शर्माले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया