करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ : रास्वपा

 जेठ २३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको प्रश्नमा अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

अन्यथा संसद अवरोध गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘प्रश्न उठेपछि अर्थमन्त्रीले जवाफ दिनुपर्छ । विषय प्रष्ट पारेपछि सदनको कामकारबाही अगाडि बढ्छ’, प्रमुख सचेतक परियारले  भने ।

एमाले र राप्रपाले भने यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सत्तारुढ दलहरुले अनावश्यक रुपमा यो विषय उठाउन खोजिएको भनी प्रतिवाद गरेका छन् । यही कारण मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन सकेन ।

तपाईंको प्रतिक्रिया