गर्मि बढेपछि तुलसीपुरका विद्यालयमा पाँच दिन विदा

 जेठ २५, २०८०

तुलसीपुर ।  अत्याधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले सम्पुर्ण विद्यालयलाई भाेलि देखि पाँच दिन  बिदा दिएको छ । केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सम्पुर्ण विद्यालयलाई गर्मि बिदा दिएको हो ।

नगर शिक्षा समितिकाे बैठकले बार्षिक विदाबाट कट्टि हुने गरि विदा दिएको  उपमहानगरपालिका  शिक्षा, युवा तथा खेलकुद माहा शाखाले सुचना प्रकाशित गरी जनाएको छ । गर्मि अझै बढ्ने हुदा पठनपाठनमा समेत असर परेकाे हुदा विदा गरिएको उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया