आन्दोलनरत विद्यालय कर्मचारीद्धारा थाल बजाएर प्रदर्शन

 जेठ २८, २०८०

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल बजाएर प्रदर्शन गरेको छ । आज काठमाडौंको बानेश्वरमा उनीहरूले थाल बजाएर सरकारको बिरोध गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममको १२७ नम्बर बुदामा सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्ने भनेर उल्लेख गरेपनि बजेटमा कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो ।

बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भने पनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भई बिरोध गर्नुपरेको बताए ।

उनले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरे पनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिए । उनले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि बताए । उनीहरूले संघीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ लागू गर, संविधानको धारा ३१ लागू गर, हाम्रो माग पूरुा गर लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।

तपाईंको प्रतिक्रिया